निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा भाडाको नयाँ घरमा सर्ने भएका छन्। देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार धुम्बाराहीमा नयाँ घर भेटिएको छ।
सोही घरमा बिहीबार सर्नेगरी तयारी भइरहेको उनले बताए। सोमबार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्ड अहिले खुमलटारमै बसिरहेका छन्।
देउवाको नीजि निवास बूढानिलकण्ठमा निर्माण कार्य भइरहेका कारण भाडामा नयाँ घर खोजिएको हो। देउवाले घर छाडिसकेपछि बालुवाटारमा सर्ने तयारी रहेको प्रचण्डको सचिवालयले बताएको छ।
प्रधानमन्त्रीमा नियुक्तलगत्तै सरकारी निवास बालुवाटार सर्नपर्ने भएपनि त्यो खाली नहुँदा प्रचण्ड खुमलटारमै भेटघाट बाक्लो बनाएर बसेका छन्।
333
Shares
प्रतिक्रिया