नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पछिल्लो राजनीतिक परिस्थिति बारेमा जुम बैठकबाट देशभरका नेता कार्यकर्तालाई जानकारी दिएका छन्।
दिउँसो २ः१५ बजेबाट सुरु भएको जुम बैठकमा जिल्लाका इन्चार्ज, सह–इन्चार्ज सहभागी छन्।
नेकपा एमालेको प्रस्तावमा सोमबार माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि विकसित भएको राजनीतिक परिस्थितिबारेमा अध्यक्ष नेपालले पार्टीका नेताहरूसँग छलफल गरेका हुन्। अहिले उनले सम्बोधन गरिरहेका छन्।
एकीकृत समाजवादीलाई प्रचण्ड नेतृत्वको सरकारमा ल्याउने र पार्टी एकता गर्न एमालेले हदैसम्म प्रयास गरेको छ। बुधबार बिहान प्रधानमन्त्री प्रचण्ड, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच पनि छलफल भएको थियो।
एकीकृत समाजवादीलाई एमालेमा मिलाउन तेस्रो तहाका नेता सक्रिय छन्। बुधबार मध्यान्ह एमाले नेता महेश बस्नेतले अध्यक्ष नेपालसँग भेट गरेर पार्टीमा मिल्न र नेतृत्व लिन आग्रह गरेका छन्।
Shares
प्रतिक्रिया