राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुन पहिलो साता काठमाडौंमा केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बस्ने निर्णय गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
त्यस्तै, पुस २७ गते पृथ्वी जयन्ती देशका सबै जिल्ला कार्यसमितिको आयोजनामा विभिन्न कार्यक्रम गरी मनाउने र काठमाडौंको भृकुटीमण्डपमा र्याली गर्ने निर्णय पनि बैठकले गरेको छ।
प्रदेश सभा संसदीय दलले नीतिगत र राजनीतिक निर्णय गर्नुअघि पार्टी केन्द्रसंग समन्वय गर्नुपर्ने निर्णय पनि भएको उनले बताए।
सत्ता साझेदार दल समेत रहेको राप्रपाले सरकारमा सहभागी हुने निर्णय पनि गरेको छ। हाल राप्रपाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिएको छ। तर, सरकारमा सहभागी भएको छैन।
Shares
प्रतिक्रिया