ad ad

राजनीति


एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु, सरकारमा सहभागिताबारे छलफल

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु, सरकारमा सहभागिताबारे छलफल

नेपालखबर
पुस १६, २०७९ शनिबार १२:८, काठमाडौँ

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु भएको छ। सरकारमा सहभागिताको विषयमा टुङ्गो लगाउन एकीकृत समाजवादीको स्थायी कमिटीको १४औं बैठक सुरु भएको हो।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा सुरु बैठकमा निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको समीक्षा, पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिकाका विषयमा छलफल हुने बताइएको छ।

यस्तै बैठकमा आगामी दिनको रणनीति तथा कार्ययोजना, पार्टी सरकारमा सहभागी नभए पनि सरकारलाई समर्थन गर्नेबारे निर्णय लिने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .