नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिर ४ को निर्वाचनमा समानुपातिकतर्फ पार्टीले थ्रेसहोल्ड नकटाएकोमा कुनै चिन्ता नरहेको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधनका क्रममा नेपालले यस्तो बताएका हुन्।
उनले आफ्नो पार्टीलाई राष्ट्रिय दल हुनबाट रोक्न अनेक षड्यन्त्र पनि भएका उनले दाबी गरे। 'समानुपातिकको निर्वाचनमा षड्यन्त्रका पक्षहरु पनि छन्। हाम्रा आफ्नै कारणले पनि हामीले मत बाकसमा खसाल्न सकेनौँ, जोड्दा ध्यान दिन सकेनौँ', उनले भने, 'हाम्रै नेता कार्यकर्ताहरु जसरी खट्नुपर्थ्यो, योजनामा लाग्नुपर्थ्यो त्यो हुन सकेन।'
उनले थ्रेसहोल्ड नकाटे पार्टीलाई शक्तिशाली बनाउनबाट कसैले रोक्न नसक्ने पनि बताएका छन्।
'हाम्रो पार्टीले थ्रेस होल्ड पार गरेको भए, हेलिकोप्टर दिन्थ्यो कि जहाज दिन्थ्यो कि बस्ने ठाउँ दिन्थ्यो? कसैले केही पनि दिँदैनथ्यो', उनले भने, 'थ्रेस होल्ड नकाटे पनि ह्विप लाग्छ। कसै कसैले ह्विप नै लाग्दैन भनिरहेका छन्। तर त्यस्तो होइन सबै सांसदमाथि हाम्रो पूरापूर हक लाग्छ।'
उनले मंसिर ४ को निर्वाचनमा आफूहरुले हारे पनि पार्टी निर्माण अभियान नरोकिने बताएका छन्।
भिडिओ
Shares
प्रतिक्रिया