ad ad

राजनीति


माधव नेपाल भन्छन् : प्रचण्डको अनुहार हेरेर मात्रै सरकारलाई समर्थन दिँदैनौँ

माधव नेपाल भन्छन् : प्रचण्डको अनुहार हेरेर मात्रै सरकारलाई समर्थन दिँदैनौँ

फाइल तस्बिर


नेपालखबर
पुस २०, २०७९ बुधबार १४:३२, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुहार हेरेर मात्रै सरकारलाई समर्थन गर्न नसकिने बताएका छन्। 

पार्टीनिकट युवासंघ नेपालले बुधबार गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

'अहिले एकीकृत समाजवादी त अलमलमा पर्‍यो। सरकारलाई समर्थन र विरोधको कुरा पनि गरेन भनिरहेका छन्', उनले भने, 'पिक्चर क्लियर नभएसम्म हामी सरकारमा जाँदैनौँ। यो सरकारको नीति तथा कार्यक्रमबारे हामी जानकार नै छैनौँ, हामीलाई एक वचन सोधिएको पनि छैन।'

उनले कम्तीमा न्यूनतम् साझा कार्यक्रम नआएसम्म सरकारलाई समर्थनबारे नसोचिने बताएका छन्। 'प्रचण्डको अनुहार हेरेर मात्रै समर्थन गर्न सकिँदैन। २६ गतेसम्म हामीले निर्णय गरे पुगेन र?', उनले भने, 'कसै कसैलाई सरकारमा जाने हतार छ। तर सरकार बनाउँदा हामीलाई सोधेकै छैन। नीति कार्यक्रममा पनि हामीलाई सोधेको छैन। तर पनि केहीलाई सरकारमा जाने हतार छ। हामी पुस २६ गतेअगाडि केही निर्णय गर्दैनौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .