ad ad

राजनीति


प्रधानमन्त्रीलाई भेटेर सुदन किराँतीले दिए बाँदरको समस्या समाधान गर्ने सुझाव

प्रधानमन्त्रीलाई भेटेर सुदन किराँतीले दिए बाँदरको समस्या समाधान गर्ने सुझाव

तस्बिर : किराँतीकाे फेसबुकबाट।


नेपालखबर
पुस २१, २०७९ बिहिबार १०:५३, काठमाडौँ

प्रतिनिधिसभा सदस्य सुलन किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रचण्डसँग भेट गरेको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। 

प्रचण्डलाई बधाई दिँदै उनले आम किसानहरुको समस्या समाधानबारे प्रधानमन्त्रीलाई सुझाव दिएको उनले बताएका छन्। किसानहरुको बालीमा बाँदर समस्या समाधानबारे प्रधानमन्त्रीसमक्ष कुरा राखेको उनले बताएका छन्। 

साथै, प्रदेश र स्थानिय तहलाई अधिकार सम्पन्न गराउने, स्थानिय तहबाटै नागरिकता, मालपोत, सवारी लाइसेन्स, पासपोर्ट जस्तो विषयमा सेवा प्रदान गर्नेबारे छलफल भएको उनले बताएका छन्। 

भोजपुरबाट तेस्रोपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका किराँती यो पटक मन्त्री बन्नेगरी लविङमा छन्। उनलाई मन्त्री बनाउन नेताहरुले समेत आश्वासन दिएको बताइन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .