प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अखिल (क्रान्तिकारी)लाई स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा लाग्न निर्देशन दिएका छन्।
बिहीवार अखिल (क्रान्तिकारी) को पदाधिकारी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो निर्देशन दिएका क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए।
त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु चुनाव चैत ५ गते गर्न प्रस्ताव गरेको छ। यो मिति त्रिवि कार्यकारी परिषदबाट अनुमोदन भने हुन बाँकी छ।
प्रचण्डले संगठनमा असन्तुष्ट बनेकाहरुलाई सहमतिमा ल्याउनुपर्ने बताए।
उनले पञ्चा सिंह नेतृत्वको कमिटी नै आधिकारीक र वैधानिक कमिटी भएको भन्दै संगठनका समस्याहरु समाधान गरेर स्ववियु चुनाव केन्द्रित हुन निर्देशन दिएका मैनालीले बताए।
बैठकमा ४१ पदाधिकारी मध्य ३७ पदाधिकारी सहभागी भएका थिए।
Shares
प्रतिक्रिया