ad ad

राजनीति


संसद भवनमा सर्वदलीय बैठक सुरु

संसद भवनमा सर्वदलीय बैठक सुरु

नेपालखबर
पुस २२, २०७९ शुक्रबार १३:५५, काठमाडौँ

संघीय संसद भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक सुरु भएको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बोलाएको बैठक केहीबेर अघि सुरु भएको संसद सचिवालयले जानकारी दिएको छ। 

संसद्को पहिलो बैठक पुस २५ गते बस्दैछ।

बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ। बैठकमा स्वतन्त्र सांसदहरूलाई पनि बोलाइएको छ।

बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल गर्ने बताइएको छ।

निर्वाचन भएर गठन भएको नयाँ संसदमा राष्ट्रपतिले सम्बोधन गर्ने अभ्यास छ। त्यसको व्यवस्था गर्नका लागि पनि सर्वदलीय बैठकमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .