ad ad

राजनीति


सर्वोच्चका न्यायाधीशहरु भन्छन् : रविको मुद्दा निर्वाचन आयोगले जानजान पन्छायो

सर्वोच्चका न्यायाधीशहरु भन्छन् : रविको मुद्दा निर्वाचन आयोगले जानजान पन्छायो

फाइल तस्बिर


नेपालखबर
पुस २२, २०७९ शुक्रबार १३:५६, काठमाडौँ

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादको मुद्दा निर्वाचन आयोगले जानाजान पन्छाएको सर्वोच्च अदालतका न्यायाधीशहरुले बताएका छन्। 

रवि अमेरिकी नागरिक भएको भन्दै मंसिर ४ को निर्वाचनअघि नै निवेदन परे पनि आयोगले जानजान उक्त मुद्दा पन्छाउने तर्क न्यायाधीशहरुले शुक्रबार संवैधानिक इजलासमा बताएका हुन्। 

रविको नागरिकतामाथि प्रश्न उठाउँदै युवराज पौडेल 'सफल' ले दायर गरेको रिटबारे सुनुवाइका क्रममा संवैधानिक इजलासका सदस्य न्यायाधीशहरुले आयोगको निर्णयक्षमतामा प्रश्न उठाएका हुन्। 

'निर्वाचन आयोगले यो मुद्दा पहिले नै नहेरेर पन्छाएको पाइयो', उनीहरुको तर्क थियो, 'निर्वाचनपहिले नै उजुरी परे पनि आयोगले निर्वाचित भइसकेको घोषणा गरेर उजुरी तामेलीमा राख्दै सजिलो हुन पन्छिएको देखियो।'

निर्वाचनअघि नै रविले अमेरिकी पीआर त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया नै अघि नबढाएको भन्दै आयोगमा उजुरी परेको थियो।

तर आयोगले विवादमा पर्ने चिन्तासहित यो मुद्दालाई तामेलीमा राखिदिएको थियो। आयोगले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित रविलाई सांसदका शपथ खुवाएपछि गृहमन्त्रीसमेत बनिसकेका छन्।

यो मुद्दामा रिट निवेदककोतर्फका वकिलहरुले बहस गरिसकेपछि अब शुक्रबार नै सरकार पक्ष र रविका निजी वकिलहरुले बहस गर्दैछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .