नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई प्रधानमन्त्री प्रस्ताव गरिएको भन्ने समाचारमा सत्यता नभएको बताएका छन्।
उनले राजेन्द्र लिङदेनको नाम नलिइकन यससम्बन्धी हल्लाहरु ‘फुर्सदको कफी गफ’ भएको बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालमा शर्माले लेखेका छन्, ‘नयाँ परिस्थितिमा नयाँ ढंगले अघि बढ्न गहन आन्तरिक विमर्शको चरणमा प्रवेश गर्दैछ कांग्रेस, यसबाहेकका हल्लाहरु केवल फुर्सदका कफी गफ मात्रै हुन्।’
कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन भत्काउन राप्रपा अध्यक्ष लिङदेनलाई प्रधानमन्त्री बन्न अफर गरेको चर्चाबीच महामन्त्री शर्माको यस्तो टिप्पणी आएको हो।
प्रधानमन्त्रीमा कसैलाई प्रस्ताव ?
नजाने गाउँको बाटो काँग्रेस `तत्काल´ शोध्दैन l `अघि लाग्छौ कि´ भनेर कसैलाई भन्दैछैन र भन्दैन l नयाँ परिस्थितिमा नयाँ ढंगले अघिबढ्न गहन आन्तरिक विमर्शको चरणमा प्रवेश गर्दैछ काँग्रेस l
यसबाहेकका हल्लाहरु केवल फुर्सदका कफि गफ मात्रै हुन् l जय नेपाल— Bishwa Prakash शर्मा (@bishwaprakash77) January 6, 2023
Shares
प्रतिक्रिया