जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले विकृत शासकीय प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन्।
पार्टीको केन्द्रीय कार्यालयमा मधेश प्रदेश विशेष जिल्ला समितिद्वारा प्रतिनिधिसभाका सांसदहरुका लागि आयोजित बधाई तथा सम्मान कार्यक्रममा उनले यसो भनेका हुन्।
‘विकृत शासकीय प्रणालीमा सुधार नल्याउने हो भने न राजनीतिक स्थिरता, न विकास न संघीय प्रणालीलाई सुदृढ गर्न सकिन्छ,’ उनले भने।
फरक प्रसंगमा अध्यक्ष यादवले संसदमा कुनै खालको तमासा बाँकी नरहेको बताए।
‘९० सिट ल्याउने पार्टी बाहिर छ, ३२ सिट ल्याउने सरकारको नेतृत्वमा छ’, उनले भने, ‘योभन्दा शासकीय प्रणालीको विकृत रुप अरु के हुन सक्छ?’
225
Shares
प्रतिक्रिया