ad ad

कारोबार


सरकारको आम्दानी ४.३३ खर्ब, खर्च ५.५९ खर्ब

सरकारको आम्दानी ४.३३ खर्ब, खर्च ५.५९ खर्ब

नेपालखबर
पुस २७, २०७९ बुधबार १५:५१, काठमाडौँ

चालू आर्थिक वर्षको हालसम्म सरकारको आम्दानीभन्दा खर्च धेरै देखिएको छ।

महालेखा नियन्त्रकको कार्यालयअनुसार ४ खर्ब ३३ अर्ब रुपैयाँ सरकारले आम्दानी गर्दा खर्च ५ खर्ब ५९ अर्ब रुपैयाँ बढी गरेको हो। 

महालेखाको तथ्याङ्कअनुसार सरकारले राजस्वबाट ३ खर्ब ९८ अर्ब  उठेको छ। राजस्वमा पनि कर राजस्वबाट ३ खर्ब ६२ अर्ब  र गैरकर राजस्वबाट ३६ अर्ब रुपैयाँ संकलन गरेको छ। 

त्यस्तै ग्राण्ड फण्ड आम्दानी ३ अर्ब  र अन्य शीर्षकको आम्दानी ३१ अर्ब रुपैयाँ रहेको महालेखाले देखाएको छ। 

यता खर्च भने सरकारले ५ खर्ब ५९ अर्ब रुपैयाँ बढी देखिएको छ। यसमा सबैभन्दा धेरै खर्च सरकार सञ्चालनमा गएको देखिएको छ। अर्थात् चालू खर्च नै सरकारको ४ खर्ब ४२ अर्ब रुपैयाँ भएको छ भने विकास निर्माण अर्थात् पुँजीगत खर्च सरकारले ४९ अर्ब रुपैयाँ मात्रै गरेको छ। त्यस्तै वित्तीय व्यवस्थापनमा  ६७ अर्ब रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। 

आर्थिक वर्ष २०७९/८० को चार महिनामा संघीय सरकारको कुल खर्च ३ खर्ब ५१ अर्ब थियो। त्यस अवधिमा चालू खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्चतर्फ क्रमशः २ खर्ब ८१ अर्ब ३९ करोड, २६ अर्ब ३० करोड र ४३ अर्ब ३१ करोड रहेको थियो।

चालू आवको चार महिनामा  सरकारको कुल राजस्व २ खर्ब ६८ अर्ब ७ करोड संकलन भएको छ। यसअन्तर्गत कर राजस्वतर्फ २ खर्ब ४५ अर्ब ७९ करोड र गैरकर राजस्वतर्फ २२ अर्ब २८ करोड परिचालन भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .