नेपालको भूराजनीति इतिहासमै सबैभन्दा संगीन र जटिल मोडमा पुगेको विज्ञहरूले बताएका छन्। नेपाल बुद्धिजीवी परिषद्, राष्ट्रिय सुरक्षा एवं वैदेशिक सम्बन्ध अध्ययन केन्द्रले आयोजना गरेको ‘विश्वराजनीति र नेपाल’ विषयक अन्तर–संवाद् कार्यक्रममा विज्ञहरूले त्यस्तो बताएका हुन्।
कार्यक्रममा विषयवस्तुमा प्रस्तुति गर्दै राजनीतिक विश्लेषक डा राजेन्द्र चापागाईंले नेपालको सामरिक महत्त्व इतिहासमै सर्वाधिक बढेको हुँदा नेपालको परराष्ट्र नीतिमा समेत पुनरवलोकन हुनुपर्ने धारणा राखे।
कार्यक्रममा नेपाल–भारत सम्बन्ध, नेपाल–चिन सम्बन्ध, नेपाल–अमेरिका सम्बन्ध र नेपालको भूराजनीतिक जटिलताबारे गम्भीर छलफल भएको नेपाल बुद्धिजीवी परिषद्, राष्ट्रिय सुरक्षा एवं वैदेशिक सम्बन्ध अध्ययन केन्द्रका सहसंयोजक हरिप्रकाश चन्दले जानकारी दिए।
कार्यक्रममा नेकपा एमालेका परराष्ट्र मामिला विभाग उपप्रमुख कृष्णबहादुर केसीले विश्व मामिला र नेपालको बदलिएको राजनीतिक समीकरणबारे बताएका थिए। यस्तै नेपाल बुद्धिजीवी परिषद्का उपाध्यक्ष विधान आचार्य, डा. दीपेन्द्र भण्डारी, महासचिव गजेन्द्र थपलिया, उपमहासचिव सुशील बिके, देवेन्द्र ढुंगाना, श्रीष उपाध्याय, भूमिदत्त पौडेल, भावना भट्ट, रचना शाही, पूर्णचन्द्र भुसाल, पाइलट मेल्सम ओझा, प्रकाश विष्ट, बिन्देश दहाललगायत बुद्धिजीवीले धारणा राखेका थिए।
Shares
प्रतिक्रिया