पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले कर्मचारी कटौती गर्ने पहिलो निर्णय गरेका छन्।
मंगलबार मन्त्रालयमा पदबहाली गर्दै किराँतीले खादा नलगाउने र पर्यटन मन्त्रालयका कर्मचारी कटौती गर्ने पहिलो निर्णय गरेका हुन्।
उनले सगरमाथा, लुम्बिनी र पशुपतिमा पर्यटक भित्राउन प्रवर्द्धन गर्ने बताएका छन्।
‘सगरमाथा, लुम्बिनी र पशुपति हाम्रा सम्पदा हुन्। विश्वमा कसैले पनि यसलाई फोटोकपी गर्न सक्दैन’, उनले भने।
त्यस्तै उनले काम गर्ने सिलसिलामा आफ्नालाई भन्दा राम्रालाई हेर्ने बताए।
उनले भने, ‘परिवार र नातागोताको आधारमा कुनै पनि काम गर्नेछैन। धर्म र जातको आधारमा कसैलाई पनि भेदभाव गर्नेछैन। मलाई परिणाम चाहिन्छ। काम गर्नुपर्यो।’
2.0k
Shares
प्रतिक्रिया