ad ad

राजनीति


प्रतिनिधिसभाले आज नयाँ सभामुख पाउँदै, देवराज र ईश्वरीको प्रतिस्पर्धा

प्रतिनिधिसभाले आज नयाँ सभामुख पाउँदै, देवराज र ईश्वरीको प्रतिस्पर्धा

नेपालखबर
माघ ५, २०७९ बिहिबार ७:९, काठमाडौँ

संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाले बिहीबार (५ माघ) नयाँ सभामुख पाउँदैछ। संसद सचिवालयका अनुसार बिहीबार दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख चयनका लागि मतदान हुँदैछ। 

बुधबार दिउँसो सत्ता गठबन्धनका तर्फबाट एमालेका देवराज घिमिरे र प्रतिपक्षी दल नेपाली कांग्रेसबाट ईश्वरीदेवी न्यौपानेले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन्। 

एमालेका घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन्। न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश समर्थकमा प्रकाश ज्वाला छन्।

२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा सभामुख जित्न १ सय ३८ मत आवश्यक पर्छ। एमाले ७८, नेकपा माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०, राप्रपा १४ गरी १४४ सांसद घिमिरेको पक्षमा छन्।

यस्तै उनको प्रतिस्पर्धी उम्मेदवार बनेकी न्यौपानेलाई कांग्रेस ९ ९मत दिन पाउने ८०, जसपा १२, एकीकृत समाजवादी पार्टी १०, लोसपा ४, मत निश्चित छ।  

प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने दलहरुको संख्या भने १६९ छ। 

घिमिरे झापा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् भने न्यौपाने कांग्रेसकी समानुपातिक सांसद हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .