राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सदस्यता शुल्क तोकेको छ। आइतबार (८ माघ) बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पाँच वर्षका लागि एकमुष्ट १ हजार रुपैयाँ पार्टी सदस्यता शुल्क लिने निर्णय गरेको हो।
सो शुल्कबाट पार्टी सञ्चालनका लागि केही स्रोत संकलन हुने अपेक्षा गरिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
साथै, पार्टी समिति पदाधिकारीहरूले तहगत रुपमाा तोकिएको लेवी वार्षिक तिनुपर्ने छ।
आर्थीक अवस्थाका कारण सदस्यता शुल्क तिर्न नसक्ने सदस्यहरुलाई सक्षम सदस्यले स्पोन्सर गर्ने वा पार्टीले त्यस्ता सदस्यहरुको एउटा प्रक्रियाबाट शुल्क मिनाहा गर्ने ब्यवस्था समेत गर्ने रास्वपाले बताएको छ।
51
Shares
प्रतिक्रिया