ad ad

राजनीति


संसदमा ज्ञानबहादुर शाहीको सम्बोधन- राज्यले नै कर्णालीलाई उपेक्षा गर्‍यो

संसदमा ज्ञानबहादुर शाहीको सम्बोधन- राज्यले नै कर्णालीलाई उपेक्षा गर्‍यो

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
माघ १०, २०७९ मंगलबार १४:४३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले समावेशी र समानताको कुरा गर्नेले विकासलाई पनि समानता साथ अगाडि बढाउने हिम्मत राख्न सक्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा उनले राज्यले कर्णालीलाई उपेक्षा गरेको गुनासो गर्दै विकासलाई पनि समानता साथ अगाडि बढाउने हिम्मत राख्न सक्नुपर्ने बताएका हुन्। 

‘समावेशी र समानताको कुरा गर्नेले विकासलाई पनि समानका साथ अगाडि बढाउन हिम्मत राख्न सक्नुपर्छ,’ शाहीले कर्णाली प्रदेशको विकासका लागि सरकारले बजेटमा विभेद गरेको गुनासो गर्दै भने, ‘होइन भने कर्णाली यो देशभित्र पर्छ कि पर्दैन यो कुराको अवगत अब गराउनु पर्ने आवश्यकता छ।’

उनले पछिल्लो समय चर्चित गीच ‘रेलको बाटो पुग्दै छ रे तिमी बस्ने सहरैमा’ स्मरण गर्दै आफूहरु हुम्लामा मोटर गाडी पुग्ने रहरमा बसेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .