ad ad

राजनीति


प्रधानमन्त्रीसँग एनआरएनए अस्ट्रेलियाका महासचिवले गरे भेट

प्रधानमन्त्रीसँग एनआरएनए अस्ट्रेलियाका महासचिवले गरे भेट

नेपालखबर
माघ १९, २०७९ बिहिबार १२:५२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’संँग गैरआवासीय नेपाली महासङ्घ (एनआरएनए) अस्ट्रेलियाका महासचिव राजु अधिकारीले भेटघाट गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटार आज भएको भेटमा प्रधानमन्त्री दाहाललाई महासचिव अधिकारीले नेपाली श्रमिकलाई अस्ट्रेलिया लैजाने विषयमा अवगत गराए। भेटपछि महासचिव अधिकारीले भने, ‘अस्ट्रेलियास्थित नेपाली राजदूतावासमा जनशक्ति कम हुँदा नेपालीहरुले समस्या भोग्नुपरेको समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएँ। प्रधानमन्त्रीले समस्या समाधानमा पहल गर्छु भन्नुभएको छ।’ 

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल तथा नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोकसँग पनि महासचिव अधिकारीले छुट्टै छुट्टै भेटवार्ता गरेका थिए। भेटमा महासचिव अधिकारीेले महासङ्घले उठाएका विभिन्न विषयमा उनीहरुलाई जानकारी गराएका थिए। 

भेटमा महासचिव अधिकारीले अर्धदक्ष श्रमिक अस्ट्रेलिया लैजाने विषयमा प्रक्रिया अघि बढाउँदा उपयुक्त हुने सुझाव दिए। अस्ट्रेलियामा रहेका केही नेपाली विद्यार्थीमा मनोवैज्ञानिक समस्या देखिएको भन्दै समाधानका लागि आवश्यक पहल गर्नुपर्ने बताए। 

भेटमा नेपालमा अस्ट्रेलियाबाट पर्यटक ल्याउने विषयमा पनि छलफल भएको थियो। सन् २०२२ मा अस्ट्रेलियाबाट २७ हजार पर्यटक नेपाल भित्रिएका छन्। साथै थप पर्यटक भित्र्याउन महासङ्घले पहल गरिराखेको जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .