बागमती प्रदेश सभाको बैठक २२ गते आइतबार बस्ने भएको छ।
आइतबार २ बजेको लागि बैठक आब्हान भएको प्रदेश सभा सचिव कृष्णहरि खड्काले बताए।
मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिएदेखि सदन चल्न सकेको थिएन।
‘सरकारले सदनलाई विजनेश दिन नसक्दा सदन चल्न नसकेको हो', सचिव खड्काले नेपालखबरसँग भने।
बागमती प्रदेश सभामा ७ राजनीतिक दलबाट ११० सदस्य रहेका छन्।
जसमध्ये कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।
18
Shares
प्रतिक्रिया