ad ad

राजनीति


सांसद चौधरीलाई काठमाडौंबाट धनगढी लगिँदै, अध्यक्ष रञ्जिता पनि साथमा

सांसद चौधरीलाई काठमाडौंबाट धनगढी लगिँदै, अध्यक्ष रञ्जिता पनि साथमा

फाइल तस्बिर


नेपालखबर
माघ १९, २०७९ बिहिबार १९:४८, काठमाडौँ

बाँकेबाट बिहीबार दिउँसो पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई काठमाडौंबाट धनगढी लगिँदैछ।

कैलाली प्रतिनिधि सभा क्षेत्र नं. २ बाट निर्वाचित सांसद चौधरीलाई २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको घटनामा अदालतबाट दोषी ठहर गर्दै दिएको सजाय भुक्तानका लागि पक्राउ गरिएको थियो।

उनलाई अहिले बाँकेबाट जहाजमा काठमाडौं ल्याएर फेरि जहाजमै धनगढी लगिँदैछ। उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिनेछ।

उनको साथमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि रहेकी छन्। 'अहिले म माननीय अरुण चौधरीसँगै छु', उनले भनेकी छन्, 'अहिले हामी काठमाडौंबाट धनगढीका लागि उड्दैछौँ।'

उनले नागरिक उन्मुक्ति पार्टी सांसद चौधरीको साथमा रहेको बताएकी छन्।

यसैबीच नागरिक उन्मुक्तिले सरकार र तत्कालीन आन्दोनकारी थरुहट-थरुवान पक्षबीच २०६६ भाद्र ३ गते समझदारीविपरीत चौधरीलाई नियन्त्रणमा लिएको भन्दै भर्त्सना गरेको हो।

सांसद चौधरी २४ घण्टाभित्र रिहा नभए आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरुलाई उन्मुक्तिले निर्देशन जारी गरेको छ।

‘उनी २०६६ देखि आजसम्म कहिँ कतै फरार थिएनन्। यसबीचमा ४ पटक स्थानीय, प्रदेश र संघका सबै निर्वाचन लडेका छन्,’ पार्टी प्रवक्ता दामोदर पण्डितद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘त्यो बीचमा राज्य तथा निर्वाचन आयोग के हेरेर बसेका थिए? आज नागरिक उन्मुक्ति पार्टीबाट विजयपश्चात यो मुद्दा किन उदयो? पूर्वाग्रही आँखाले किन हेरियो?’

यो गतिविधि सम्पूर्ण आदिवासी थारुजाति र पहिचानवादीहरूमाथिको विभेद भएको नागरिक उन्मुक्तिको ठहर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .