ad ad

राजनीति


निर्णायक मानिएको रास्वपाको बैठक जारी

निर्णायक मानिएको रास्वपाको बैठक जारी

फाइल।


नेपालखबर
माघ २२, २०७९ आइतबार १२:१६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय लिनेगरी पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा केहीबेर अघिदेखि बैठक बसेको हो।

पार्टी सभापति रवि लामिछानेले पार्टी बैठकबाट ठोस निर्णय आउने बताएका छन्। साथै,  उनले आजै विशेष पत्रकार सम्मेलन पनि गर्ने बताएका छन्। 

यसअघि शनिरबा राति ११ बजेसम्म बसेको बैठक विनानिश्कर्ष सकिएको थियो। आइतबार बिहान रविले प्रधानमन्त्री प्रचण्डलाई भेट गरेका थिए। 

गृह मन्त्रालय पाउनपर्ने अडान राखेको रास्वपालाई भौतिक पूर्वाधार मन्त्रालय लिन प्रस्ताव गरेपछि रास्वपामा यसबारे छलफल भइरहेको छ। 

शनिबार राति बसेको संसदीय दलर केन्द्रीय समितिको संयुक्त बैठकमा राष्ट्रपति निर्वाचन र उपनिर्वाचनको मिति घोषणा नभएसम्म सरकार छाड्न नहुने ब्रिफिङ सभापति लामिछानेले गरेका थिए। 

आज प्रधानमन्त्रीसँगको भेटपछि बसेको बैठक र सभापति लामिछानेको पत्रकार सम्मेलनलाई विशेष चासोको रुपमा हेरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .