नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरु र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री दाहाललाई भेट्न नेकपाका महासचिव विप्लव र नेता खड्गबहादुर विश्वकर्मा आइतबार साँझ बालुवाटार पुगेका हुन्।
भेटमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सहभागी थिए।
नेकपाले तत्कालिन केपी ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति पालना गर्न र जेलमा रहेका आफ्ना कार्यकर्ता रिहा गर्न माग गर्दै आएको छ।
189
Shares
प्रतिक्रिया