प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सत्तारुढ नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेतृत्वबीच छलफल चलिरहेको छ।
प्रधानमन्त्री प्रचण्डसँग एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल चलिरहेको हो।
प्रधानमन्त्रीको सचिवालयले तीन शीर्ष नेताहरुबीच सिंहदरबारमा छलफल जारी रहेको जनाएको छ।
‘प्रधानमन्त्रीज्यूले बिहान दलका सचेतकहरुसँग नागरिकता विधेयकबारे छलफल गर्नुभएको थियो,’ प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले भने, ‘त्यही विषयमा समझदारी कायम गर्न तीन जनाबीच छलफल चलिरहेको छ।’
402
Shares
प्रतिक्रिया