पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको हल्लनचोकको एक भवनमा लागेको आगो तीन घण्टापछि नियन्त्रणमा आएको छ।
सेलवेज टावर लागेको आगो नियन्त्रणमा लिइएको कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बताए।
आगलागीबाट सेलवेजको गोदाम,केही पसलमा पनि क्षति पुगेको उनले बताए। क्षतिको विवरण भने आइसकेको छैन। ‘अण्डरग्राउण्डमा विद्युत सर्ट भएर आगलागी भएको प्रारभिक बुझाइ छ’,उनले भने, ‘आगो नियन्त्रणमा आयो तर क्षतिको विवरण आउन बाँकी छ।’
आगो निभाउन दमकलसहित सुरक्षाकर्मी र सर्वसाधारण खटिएका थिए।
51
Shares
प्रतिक्रिया