नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले जनयुद्ध दिवसको दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्नुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘मौकामा हिरा फोडेको’ टिप्पणी गरेका छन्।
जनयुद्ध दिवसमा दिएको बिदाको बारेमा चौतर्फी विरोध भइरहँदा नेता बाँस्कोटाले प्रधानमन्त्रीले ‘पूर्व देखाएर पश्चिम हानेको’ बताएका छन्।
सामाजिक सञ्जालमा ट्वीट गर्दै उनले केही समयअघिसम्म विदा बढी भयो भन्ने प्रधानमन्त्रीले पूर्व देखाएर पश्चिम हान्ने नीति लिएको तर्क गरेका हुन्।
‘अस्तिसम्म बिदा बढी भो भन्थे–प्रम पुष्पकमल दाहाल किन रैछ भनेको त पूर्व देखाएर पश्चिम हान्न रैछ’, बाँस्कोटाले अघि भने, ‘तैं चुप मैं चुप। मौकामा हिरा फोर्नु बेमौकामा कौडी नछुनु भनेका त्सयै हैन रैछ पुर्खाले।’
144
Shares
प्रतिक्रिया