नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आज भारत गएका छन्।
भारतीय कम्युनिस्ट पार्टी (माक्सवादी लेनिनवादी) लिबरेसन पार्टीको ११औँ अखिल भारतीय महाधिवेशनमा विशिष्ट अतिथिका रुपमा सहभागी हुन पूर्वप्रधानमन्त्री नेता खनाल भारत गएका हुन्।
भारतको पटनामा हुने महाधिवेशनमा नेता खनालले भारतीय कम्युनिस्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खनालको सचिवालयले जनाएको छ।
पार्टीका विदेश विभाग प्रमुखसमेत रहेका नेता खनाल नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा पार्टी उपाध्यक्ष प्रमेश हमाल, सम्मानित नेता खनालका पत्नी रविलक्ष्मी चित्रकार र पार्टी विदेश विभाग सचिव डा शङ्कर खतिवडा छन्।
प्रतिनिधिमण्डल दुई दिनको कार्यक्रम सकेर काठमाडौँ फर्कने कार्यक्रम छ। रासस
39
Shares
प्रतिक्रिया