ad ad

राजनीति


अब्बल अम्पायर भएर देखाउँछु : सभामुख घिमिरे

अब्बल अम्पायर भएर देखाउँछु : सभामुख घिमिरे

फाइल।


नेपालखबर
फागुन १०, २०७९ बुधबार ९:५, काठमाडौँ

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफू अहिले निर्णायकको भूमिकामा रहेकाले अब्बल निर्णायक भएर देखाउने बताएका छन्।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाद्वारा मिर्मीमा आयोजित खेलकुद महोत्सव एवं अध्यक्ष कप प्रतियोगिता, २०७९ को उद्घाटन गर्दै उनले निष्पक्षताका साथ अब्बल निर्णायकको भूमिका निर्वाह गर्ने बताएका हुन्।

प्रतिनिधिसभाको समामुखको भूमिकामा आफू रहेसँगै निष्पक्षताका साथ भूमिका निर्वाह होस् भन्ने धेरैको कामना रहेको भन्दै उनले आफू त्यो भूमिकामा अब्बल भएर देखाउने बताए।

‘म अहिले अम्पायरको भूमिकामा छु र अब्बल अम्पायर भएर देखाउने छु’, उनले भने, ‘तर त्यसका लागि खेलाडी र टिमले राम्रो खेल प्रदर्शन गर्नुपर्छ, विजयी हासिल गर्ने काम टिम र खेलाडीमाथि भर पर्छ।’

जनताले गरेका अपेक्षा पूरा गर्नका लागि तयार रहेको उनले बताए।

भौतिक पूर्वाधार, बाटोघाटो, खेलमैदानको विकास तथा संस्कार संस्कृतिको संरक्षण र प्रवर्द्धनमा यहाँका स्थानीयवासीले आफूप्रति राखेको अपेक्षा पूरा गर्नका लागि सहजीकरण गर्ने उनले प्रतिवद्धता जनाए।

खेल जीवनको अभिन्न अङ्ग, जीविकाको आधार तथा राष्ट्रकै पहिचान बनाउन सक्ने भएकाले यसलाई व्यावसायिकतातर्फ जोड्दै जानुपर्नेमा उनले जोड दिए।

गण्डकी प्रदेशसभा सदस्य महेश भट्टराई, निर्मला थापा, निवर्तमान प्रदेशसभा सदस्य मोहन रेग्मी, गाउँपालिकाका अध्यक्ष खीमबहादुर थापा, उपाध्यक्ष सावित्रा कोइरालालगायतले प्रतियोगिताको सफलता साथै निरन्तरताका लागि शुभकामना व्यक्त गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .