ad ad

राजनीति


पुरानै गठबन्धन ब्युँताउन देउवाको प्रस्ताव, पार्टीमा सल्लाह गर्ने प्रचण्डको जवाफ

पुरानै गठबन्धन ब्युँताउन देउवाको प्रस्ताव, पार्टीमा सल्लाह गर्ने प्रचण्डको जवाफ

नेपालखबर
फागुन १०, २०७९ बुधबार २१:२९, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिबारे आफ्नै दल र संसदमा रहेका अन्य दलसँग छलफल गरेर निर्णय दिने बताएका छन्।

बुधबार बेलुका बालुवाटार पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कासहितका नेतालाई प्रचण्डले छिट्टै निर्णय दिने बताएका हुन्।

कांग्रेस उपसभापति खड्काका अनुसार पुरानै गठबन्धन ब्युँताउने सम्भावना बढेको छ। यद्यपी अहिले नै रिजल्ट आइसकेको छैन।

‘आज दिनभर हामिले जसपाका नेताहरू, नेकपा एकीकृत समाजवादीका साथीहरूसँग छलफल गर्‍यौं’ खड्काले नेपालखबरसँग भने, ‘रिजल्ट आइसकेको त छैन तर अब सम्भावना निकै बढेको छ।’

बुधबार प्रधानमन्त्रीलाई भेटेर राष्ट्रपतिमा सहयोग मागेको उनले बताए।

‘तपाईंले राष्ट्रिय सहमति भन्नुभएको थियो, अब हामीलाई राष्ट्रपतिमा सहयोग गर्नुपर्‍यो भनेर अनुरोध गर्‍यौं’ प्रधानमन्त्रीलाई राखेको भनाइ उदृत गर्दै उनले थपे, ‘राष्ट्रिय सहमतिको दिशामा जान संसदको पहिलो पार्टीलाई सहयोग गर्नुपर्‍यो।’

‘जवाफमा उहाँले म यसबारे पार्टीभित्र छलफल गर्छु, मलाई पार्टीले निर्णय गर्ने अधिकार दिएको छ। अरु दलसँग पनि छलफल गर्छु। उपयुक्त समयमा निर्णय गर्छु। पार्टीमा निर्णय गरेर तपाईंहरुलाई जानकारी गराउँछु भन्नुभएको छ’ उपसभापति खड्काले भने।

कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को हुन्छ त भन्ने प्रश्नमा उनले भने, ‘यसबारे पर्सी १२ गतेमात्र नाम सार्वजनिक गर्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .