ad ad

राजनीति


गणतन्त्र मास्न पूर्वराजा सडकमै आए : भट्ट

गणतन्त्र मास्न पूर्वराजा सडकमै आए : भट्ट

नेपालखबर
फागुन १०, २०७९ बुधबार २१:५७, गुल्मी

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले राजतन्त्र फर्काउन पूर्वराजा ज्ञानेन्द्र शाह सडकमै निस्किएको बताएका छन्।

बुधबार गुल्मीको तम्घासमा जनमोर्चाले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै महासचिव भट्टले एमाले नेता दुर्गा प्रसाईंको अगुवाइमा चलेको गणतन्त्र विरोधी अभियानमा पूर्वराजा खुलारुपमा सडकमा निस्किएको बताए।

देशी विदेशी शक्तिहरुसँग सल्लाह गरेर नै राजावादीहरु सडकमा आएको भन्दै यसले गणतन्त्र थप खतरामा परेको भट्टले बताए। 

‘गणतन्त्रको विरुद्धमा सुरुदेखि नै राजावादी शक्तिहरु छँदै थिए, तिनीहरुसँग एमाले पनि प्रत्यक्ष वा अप्रत्यक्षरुपमा साँठगाँठ गरेको छ’ भट्टले भने, ‘अहिले संसदमा राजावादीहरूको उपस्थिति एमालेकै कारण भएको हो । त्यसकारण अहिले गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता खतरामा परेको छ ।’ 

भट्टले एमाले राज्यका प्रमुख पदमा कब्जा गरेर देशमा अधिनायकवादी शाशनको अभ्यास गर्नका लागि नै राष्ट्रपतिमा एमालेका उम्मेदवार बनाउन माओवादीसहितका दललाई दबाब दिइरहेको बताए। 

कार्यक्रममा लुम्बिनी प्रदेश सांसद तथा राजमो केन्द्रीय सदस्य तारा थापा क्षत्री, अर्का केन्द्रीय सदस्य रामकुमार क्षत्री, नेकपा (मसाल) का जिल्ला प्रवक्ता ओमेद्र कुँवर, राजमो जिल्ला अध्यक्ष जीवन रानालगायत नेताहरुले सम्बोधन गरेका थिए।

राजमो पार्टी कार्यालय मसाल बजारबाट निस्केको जुलुस विभिन्न नारासहित सभामा परिणत भएको थियो।

राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीसहित विभिन्न माग राखेर देशका विभिन्न जिल्लामा विरोध प्रदर्शनलगायतका कार्यक्रम गर्दै आइरहेको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .