ad ad

समाज


प्रदेश १ मा प्रहरी अस्पताल उद्घाटन

प्रदेश १ मा प्रहरी अस्पताल उद्घाटन

नेपालखबर
फागुन १०, २०७९ बुधबार २२:५, काठमाडौँ

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले मोरङको बेलबारी नगरपालिका–३ स्थित पुरानो ईलाका प्रहरी कार्यालयको भवनमा सञ्चालित १ नम्बर प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरेका छन्।

बुधबार आयोजित कार्यक्रमबीच अस्पताल उद्‍घाटन गर्दै महानिरीक्षक सिंहले अस्पताल र उपलब्ध स्वास्थ्य उपकरणहरुको अवलोकन गरे।

त्यस अवसरमा प्रहरी महानिरीक्षक सिंहले १ नम्बर प्रदेश प्रहरी अस्पतालको सुभारम्भले यस प्रदेशमा रहेका पूर्व प्रहरी कर्मचारी, अमर/अशक्त प्रहरी कर्मचारी तथा बहालवाला प्रहरी कर्मचारीका साथै आश्रित परिवार समेतको स्वास्थ्य सेवामा पहुँच पुग्ने बताए।

साथै प्रहरी अस्पतालको निर्माण र सेवा सुभारम्भले स्थानीयवासीलेसमेत सेवा पाउने हुँदा सबै किसिमका बिरामीहरुलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन कार्यरत प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन दिए।

सो अवसरमा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले सीमित श्रोत र साधनकाबीच प्रदेश प्रहरी अस्पतालको अवधारणा ल्याई सेवा सुभारम्भ गरिएको बताउँदै अबका दिनमा सेवा संचालनमा हरेक क्षेत्रको सहयोग अपरिहार्य रहेको उल्लेख गरिन्।

कार्यक्रममा बेलवारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईले नगर क्षेत्रमा प्रहरी अस्पतालको निर्माणले नगरवासीहरु उत्साहित रहेको बताउँदै हरेक नागरिकको स्वास्थ्य सेवामा प्रहरी अस्पतालको अहम् भूमिका रहने र अस्पतालको स्तरोन्नति लगायतका क्षेत्रमा सहयोग र समन्वयको लागि नगरपालिका सदैव तत्पर रहेको उल्लेख गरे।

अस्पतालका प्रहरी नायव उपरीक्षक डा. सरोज सिंहले अस्पतालको सेवा सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्दै तत्काल ३ जना विशेषज्ञ चिकित्सकसहित १० जनाको प्राविधिक टोलीले ओपीडी तथा इमर्जेन्सी लगायतका सेवा प्रदान गर्ने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .