नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको विकसित राजनीतिक घटनाक्रमको बारेमा आफू जानकार नभएको बताएका छन्। शुक्रबार दिउँसो प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन्।
‘भोलि मनोनयन हुन्छ। एमालेको हुन्छ भन्ने कुरा हामीले पुस १० गते टुंगो लगाएर बसेका छौं,’ ओलीले भने, ‘अरु घटनाक्रमहरु चाहीँ हामीलाई थाहा भएन्।’
प्रतिनिधिसभा बैठकबाट निस्किएर अहिले ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग निर्णायक वार्ता गर्न बालुवाटार पुगेका छन्।
शुक्रबार तीन घन्टा पुराना गठबन्धनका चार दलबीच छलफल भएको थियो।
चार दलबीच राष्ट्रपति र उपराष्ट्रपतिमा सैद्धान्तिक सहमति जुटेको नेताहरुले संकेत गरेका छन्।
उनीहरू फेरि फाइनल गर्नका लागि बैठकमा बस्ने समझदारी गरेर उठे लगत्तै प्रधानमन्त्रीसँग वार्ता गर्न ओली बालुवाटार पुगेका हुन्।
Shares
प्रतिक्रिया