ad ad

राजनीति


मैले २ महिनामै तितो अनुभव गरेँ : प्रधानमन्त्री प्रचण्ड

मैले २ महिनामै तितो अनुभव गरेँ : प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
फागुन १३, २०७९ शनिबार १८:३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो २ महिनामा आफूले तितो अनुभव गरेको बताएका छन्। महेन्द्रनारायण निधिको १०१ औं जन्मजयन्तीका सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।

‘सबैभन्दा सहज कोर्श र प्राकृतिक कोर्श के हुनसक्छ भन्दा १२ बुँदे समझदारीहरू, शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरु, संविधान घोषणा गर्दा समावेशी लोकतन्त्रका मान्यताहरुमा जो सहमत भएका छौं,’ प्रचण्डले भने, ‘ती शक्तिहरु मिलेर अघि बढेर मात्र देशलाई विकास र समृद्धि दिनसक्छ।’

संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न सक्ने शक्तिहरुसँगको सहकार्यले मात्र देशको विकास हुने प्रचण्डको भनाई छ।

‘मैले २ महिनाभित्रै त्यो तितो अनुभव गरेँ। हिजो ऐतिहासिक रुपमा भूमिका खेलेका शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरू एक हुनुपर्छ,’ प्रचण्डले सम्बोधनको क्रममा भने, ‘गिरिजाप्रसाद कोइरालाले आफूलाई भनेको कुरा स्मृतिमा आइरहन्छ। बेला बेलामा उतारचढाव भएपनि फेरि हामी ठिक ठाउँमा आइहाल्छौं। त्यसकारण हिजो म निकै खुसी र गर्व महसुस गरेँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .