ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्डले बोलाए आठ दलको बैठक

प्रधानमन्त्री प्रचण्डले बोलाए आठ दलको बैठक

नेपालखबर
फागुन १४, २०७९ आइतबार १७:२९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठ दलको बैठक बोलाएका छन्। 

राष्ट्रपतिको निर्वाचन सन्दर्भमा गठन भएको आठदलीय गठबन्धनको बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ। 
बैठक अहिले साँझ ६ बजे बालुवाटारमा बस्नेछ। 

छलफलका विषयबस्तुबारे भने प्रधानमन्त्री निवास स्रोतले खुलाउन चाहेन। 

राष्ट्रपतिमा आठ दलको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .