ad ad

राजनीति


राष्ट्रपतिमा कांग्रेसको उम्मेदवार कम्फरटेबल कठपुतली हुन्छ : गोकुल बास्कोटा

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवार कम्फरटेबल कठपुतली हुन्छ : गोकुल बास्कोटा

फाइल।


नेपालखबर
फागुन १५, २०७९ सोमबार ८:१०, काठमाडौँ

नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रपतिमा नेपाली कांग्रेसले उठाएको उम्मेदवार कठपुतली छाप हुने दाबी गरेका छन्। 

सामाजिक सञ्जालमार्फत नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम उल्लेख गर्दै उनले एमालेको चन्द्र सूर्य हुने पनि दाबी गरेका छन्। 

‘गगन गफ सुनियो–एमालेले उठाउने रबर र काग्रेसको साझा छाप हुन्छ,’ बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म भन्छु–एमालेको चन्द्र सूर्य र कांग्रेसले उठाउने कम्फरटेबल कठपुतली छाप हुन्छ।’

देशको पहिलो राष्ट्रपति रामवरण यादवले के गरेको थियो? भन्दै उनले प्रश्नसमेत गरेका छन्। 

‘रामवरणले संविधान जारी गर्ने बेला के गर्या थे? र, सेनापति प्रकरणमा प्रचण्डलाई लोप्पा कस्ले ख्वाथ्यो?’ उनले भनेका छन्, ‘रामचन्द्र कालापानी मुद्दामा ०५५ मै भाग्या थे।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .