संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले राष्ट्रिय विपति र अति आवश्यक काम बाहेक आफ्नो कार्यकालमा हेलीकप्टर नचढ्ने नीति लिएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत ऋणमा हेलिकप्टर नचढ्न आग्रह गर्दै उनले देखासिखि र विलासिता अन्त्य गर्न आग्रह समेत गरेका छन्।
‘राष्ट्रिय विपति र अति आवश्यक काम बाहेक आफ्नो कार्यकालमा हेलीकप्टर नचढ्ने नीति लिएकाछौं,’ उनले किराँतीले भनेका छन्, ‘देशको विभिन्न स्थानमा सामाजिक कार्यक्रमको लागी जनताले आफैं हेलिकप्टर चार्टर गरेर निम्तो दिए पनि आजसम्म हेलिकप्टर चढेर जाने धेरै कार्यक्रममा गाएका छैनौं। त्यसको लागी तपाईहरुसंग क्षमा चाहन्छु। ऋणमा हेलीकप्टर चार्टर नगर्नु हुन सबैलाई अनुरोध छ।’
कुनै मन्त्री गाउँमा आउँदैमा खोला खोल्साबाट दुध नबग्ने उनको टिप्पणी छ। ‘आखिरी कोही मन्त्री तपाईको गाउँमा आउँदैमा तपाईको खोला खोल्सीहरूमा दुध बग्दैन माटोमा सुन फल्दैन’, उनले भनेका छन्, ‘घाँटी हेरेर हाड निलौ सामाजिक देखासिखि र विलासिता अन्त्य गरौं।’
Shares
प्रतिक्रिया