ad ad

राजनीति


उपसभामुखको गुनासो : संसद बैठक खाली देख्दा मेरो त प्रेसर नै बढिसक्यो

उपसभामुखको गुनासो : संसद बैठक खाली देख्दा मेरो त प्रेसर नै बढिसक्यो

फाइल तस्बिर


नेपालखबर
फागुन १६, २०७९ मंगलबार १८:४८, काठमाडौँ

उपसभामुख इन्दिरा रानाले प्रतिनिधि सभा बैठक छोडेर सांसदहरु बाहिरिने गरेको भन्दै असन्तुष्टि जनाएकी छन्। 

मंगलबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उपसभामुख रानाले सांसदहरु प्रतिनिधि सभा बैठक छाडेर बाहिरिने गरेको भन्दै असन्तुष्टि जनाएकी हुन्।

उनले बैठकमा खाली सिट देखिन थालेको पनि बताइन्। रानामगरले प्रतिनिधि सभा सांसदविहीन हुँदा आफूलाई ‘इरिटेड’ हुने गरेको बताउँदै आफ्नो ‘प्रेसर’ पनि बढेको उल्लेख गरिन्। 

आफुले कुनै पनि काम अनुशासित भएर दिलदेखि गर्ने बताइन्। उनले सांसद अनुपस्थितिबारे जनतालाई के जवाफ दिने भनी प्रश्न समेत गरिन्। 

उपसभामुख रानाले संसदमा जनताका कुरालाई अनुशासित र मर्यादित रुपले उठाउने र विधेयकहरु बनाउने पनि
बताइन्। 

‘तपाईंहरु लाइभ हेर्नुहुन्छ होला, हाम्रो प्रतिनिधि सभामा कोही बेला खाली खाली सिट हुन्छ, मलाई दुःख लाग्छ । घरिघरि त धैर्यता लिँदालिँदा पनि इरिटेड हुन्छ । प्रेसर पनि आइसक्यो । अस्तिसम्म त प्रेसर पनि थिएन । म जे पनि काम गर्छु अनुशासित भएर गर्छु', उनले भनिन्, 'मन दिएर, दिल दिएर काम गर्छु । तर त्यसरी कति माननीयज्यूहरु नआउँदा एकदमै दुःख लाग्छ । भोलि हामीले जनतालाई के उत्तर दिने? त्यस्तो पनि लाग्छ।'

उपसभामुख रानाले आफ्नो कार्यकालभर अविचलित, निडर र तटस्थ भएर काम गर्ने बताइन्। 

आफू उपसभामुखको रुपमा काठमाडौंमा मात्र नबसी जनताका कुरा सुन्न जिल्ला–जिल्लामा पुग्ने उनले उल्लेख गरिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .