ad ad

राजनीति


सुर्खेत पुगेर पूर्णबहादुर खड्काले दोहोर्‍याए : अब मन्त्री बन्दिन

सुर्खेत पुगेर पूर्णबहादुर खड्काले दोहोर्‍याए : अब मन्त्री बन्दिन

नेपालखबर
फागुन १७, २०७९ बुधबार १७:३३, सुर्खेत

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफू अब मन्त्री नबन्ने दोहोर्याएका छन्। बुधबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै खड्काले आफू मन्त्री नबन्ने स्पष्ट पारेका हुन्। 

उपसभापति खड्काले भने, ‘म मन्त्री बन्दिन। मैले मन्त्री नबन्ने कुरा २०७२ सालमै अर्घाखाँचीमा पुगेर घोषणा गरेको हुँ। र, त्यसमा म अहिलेसम्म पनि अडिग रहेको छु।’

यस्तै, खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिएपछि मात्रै सरकार निर्माणको चरण प्रारम्भ हुने बताए।

‘फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति चुनाव सम्पन्न गर्ने र त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत लिएर मात्रै सरकार निर्माणको चरण प्रारम्भ हुने छ’ उनले थपे, ‘सरकार निर्माणको चरण प्रारम्भ भएको छैन। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सकिन्छ र प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र सरकार निर्माण चरण प्रारम्भ हुन्छ।’ 

प्रधानमन्त्रीले विश्वासको मत लिएको केही दिनभित्र सरकार पूर्णता पाउने दाबी गरे। 

उनले भने, ‘अहिले सरकारमा जानेबारे र को–को मन्त्री बन्ने भन्ने विषयमा चर्चा गर्ने बेला भइसकेको छैन। गत पुस १० मा कमजोरी हुँदा नेकपा एमालेसहित ७ दलबीच नयाँ गठबन्धन बनेको र त्यो प्राकृतिक नभएकोले भत्काइएको छ।’

यस्तै, उपसभापति खड्काले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पौष २५ गते संसदमा प्रस्तुत गरेको अभिव्यक्ति कारण चुनावी गठबन्धन ब्यूँतिएको बताए। 

संविधानका रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र शान्ति सुव्यवस्थाका लागि बनेको गठवन्धन अप्राकृतिक ढंगले भत्किनुमा कांग्रेसकै कमजोरी रहेको उल्लेख गर्दै खड्काले भने, ‘एमाले अध्यक्ष ओलीले दुई दुई पटक संविधानको विघटन सही थियो भन्नुले नै चुनावी गठबन्धनले निरन्तरता पाएको हो।’ 

यस्तै, खड्काले राष्ट्रपतिमा रामचन्द्र पौडेल अत्याधिक मतले विजयी हुने दाबी गर्दै राष्ट्रपतिको निर्वाचन पश्चात वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकारमा कांग्रेस जाने बताए। 

प्रदेश सरकार भने एमालेको निणर्यमा भर पर्ने उल्लेख गर्दै त्यसबारे अहिले केही नबोल्ने खड्काले बताए।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .