आठ दलीय गठबन्धनबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल भोट माग्न राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेका छन्।
कांग्रेसका प्रवक्तासमेत रहेका डा. प्रकाशशरण महतसहितका नेताहरुलाई साथमा लिएर पौडेल शुक्रबार अपरान्ह रास्वपा कार्यालय पुगेका हुन्।
शुक्रबार दिउँसो आठ दलका बागमती प्रदेशस्थित सांसदहरुलाई अभिमुखीकरणपछि पौडेलले भोट माग्ने क्रम तीव्र पारेका हुन्।
पौडेलसँग महत, प्रमुख सचेतक रमेश लेखकसहितका नेता बसुन्धरा पुगेका हुन्।
बिहीबार मात्रै एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले रास्वपा नेताहरुलाई भेटेर सहयोग मागेका थिए।
63
Shares
प्रतिक्रिया