ad ad

राजनीति


महिला विभेदविरुद्ध नारी जागरण आजको आवश्यकता : सभापति देउवा

महिला विभेदविरुद्ध नारी जागरण आजको आवश्यकता : सभापति देउवा

फाइल तस्बिर


नेपालखबर
फागुन २४, २०७९ बुधबार ८:३१, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन्। 

११३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै उनले दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलाविरुद्ध हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको उल्लेख गरेका छन्।

शुभकामना सन्देशमा सभापति देउवाले भनेका छन्, ‘सहरदेखि दूरदराजका गाउँमा महिला आज पनि शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन्। महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता हो।’

हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा भएको उल्लेख गर्दै सभापति देउवाले हिंसा मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक भएको र सामाजिक एकता तथा सद्‌भाव कमजोर बनाउने कारण पनि भएको उल्लेख गरेका छन्। 

कांग्रेस सबै किसिमका हिंसाको अन्त्य चाहने उल्लेख गर्दै उनले महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन दिवसले सहयोग पुर्‍याउने विश्वास उनले गरेका छन्।

सभापति देउवाले नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनमा अग्रणी स्थानमा उभिएर कैयन् महिलाले आफ्नो प्राणको आहुति दिएको उल्लेख गर्दै उनीहरुप्रति उच्च सम्मान प्रकट गरेका छन्। 

आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र सम्बद्र्धनका लागि महिलाको अझ महत्त्वपूर्ण र निर्णायक भूमिका रहने विश्वास लिँदै उनले दिवसका अवसरमा सम्पूर्ण महिलामा शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .