ad ad

राजनीति


जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

नेपालखबर
फागुन २५, २०७९ बिहिबार ७:११, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज (बिहीबार) बस्दैछ।

उपराष्ट्रपतिको उम्मेदवार र समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न जसपाको आज दिउँसोको लागि बैठक बोलाएको हो। 

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा दिउँसो ३ बजे बैठक बस्ने जसपाका नेता शिवलाल थापाले जानकारी दिए।

जसपाले राष्ट्रपति निर्वाचनमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरिसकेको छ। 

राष्ट्रपति निर्वाचनअघि जसपाले बिहीबार बिहान आफ्ना सांसदहरूलाई पनि बालकुमारीमा उपस्थित हुन निर्देशन गरेको छ।

पार्टी कार्यालयमा भेला भएर राष्ट्रपतिको उम्मेदवारलाई मत हाल्न जाने कार्यक्रम तय भएको थापाले जानकारी दिए। 

जसपाका संघीय सांसद १४ र प्रदेशसभा सदस्य २२ गरी ३६ मतदाता छन्। राष्ट्रपति निर्वाचनमा जसपाको कुल २ हजार १४५ मतभार छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .