ad ad

राजनीति


राष्ट्रपतिका उम्मेदवार पौडेल र नेम्वाङले गरे एकअर्काको प्रशंसा

राष्ट्रपतिका उम्मेदवार पौडेल र नेम्वाङले गरे एकअर्काको प्रशंसा

राष्ट्रपति निर्वाचनका उम्मेदवार सुवास नेम्वाङ र रामचन्द्र पौडेल। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
फागुन २५, २०७९ बिहिबार ११:१३, काठमाडौँ

संघीय संसद भवन नयाँबानेश्वरमा अहिले राष्ट्रपतिको निर्वाचन चलिरहेको छ। राष्ट्रपतिका लागि संघीय सांसद र प्रदेशसभा सदस्यहरुले बिहान १० बजेदेखि मतदान गरिरहेका छन्।

निर्वाचनका क्रममा मतदान चलिरहँदा दुई उम्मेदवारहरु रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले एकअर्काको प्रशंसा गरेका छन्। 

पौडेलले नेम्वाङको प्रशंसा गर्दै उनकै नेतृत्वमा देशमा संविधान आएको बताए। 'उहाँ संविधानसभा अध्यक्ष भएर संविधान ल्याएको हो', पौडेलले भने, 'यो व्यवस्था ल्याउन नेम्वाङजीको धेरै ठूलो योगदान छ। उहाँको त्यो योगदानको हामीले प्रशंसा गर्नुपर्छ।'

अर्कातिर नेम्वाङले पनि यो चुनाव जसले जिते पनि लोकतन्त्रले जित्ने बताए। 'मलाई लाग्छ हामी जो जिते पनि संविधान, लोकतन्त्र र कानुको शासनको पक्षमा हुनेछौँ', उनले भने, 'सिंगो देशलाई एकतावद्ध बनाएर जान्छौँ। मधेशदेखि हिमालसम्म एक बनाउँछौँ।'

नेम्वाङले आफ्नो अध्यक्षतामा बनेको संविधानअन्तर्गत दुवैजना राष्ट्रपतिको निर्वाचनमा होमिएको बताए। 'उहाँ (पौडेल)  पनि लोकतन्त्रका लागि लामो समय लडेको व्यक्ति हो। हामी दुवैलाई एकअर्काको शुभेच्छा छ।'

नेम्वाङले हारजितबारे भने आफू हिसाबको विद्यार्थी भएको बताउँदै तर राजनीतिको अंकगणित फरक रहेको तर्क गरे। ''हामी दुवैलाई शुभकामना छ', उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .