ad ad

राजनीति


राष्ट्रपति भण्डारीको कार्यकाल आज सकिँदै, शीतल निवासबाट निजी निवासमा सर्ने तयारी

राष्ट्रपति भण्डारीको कार्यकाल आज सकिँदै, शीतल निवासबाट निजी निवासमा सर्ने तयारी

फाइल तस्बिर : राष्ट्रपति विद्यादेवी भण्डारी


नेपालखबर
फागुन २८, २०७९ आइतबार ७:३०, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज (फागुन २८ गते) सकिँदै छ।

आगामी कार्यकालका लागि नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल चयन भइसकेका छन्। उनले भोलि सोमबार शपथ खाएर पद सम्हाल्ने कार्यक्रम छ। 

राष्ट्रपति भण्डारीको पाँच वर्षे कार्यकाल आज सकिने भए पनि उनी शीतल निवासबाट आजै निजी निवास सर्छिन् वा भोलि तय भइसकेको छैन। बूढानीलकण्ठस्थित उनको निजी निवास मर्मत भइरहेको छ। 

भण्डारी दोस्रोपटक २०७४ फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।

उनी त्यसअघि संविधान घोषणापछि २०७२ कात्तिक ११ गते पहिलोपटक राष्ट्रपति भएकी थिइन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .