ad ad

राजनीति


सभापति देउवाले स्वीकृत गरे रामचन्द्र पौडेलको राजीनामा

सभापति देउवाले स्वीकृत गरे रामचन्द्र पौडेलको राजीनामा

फाइल तस्बिर


नेपालखबर
फागुन २८, २०७९ आइतबार १९:५५, काठमाडौँ

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य रामचन्द्र पौडेलको राजीनामा स्वीकृत भएको छ।

कांग्रेस वरिष्ठ नेतासमेत रहेका पौडेलले फागुन २५ मा राष्ट्रपति निर्वाचित भएपछि पार्टीको पद, जिम्मेवारी र साधारण सदस्य समेतबाट राजीनामा दिएका थिए। 

उनले आइतवार दिएको राजीनामा सभापति शेरबहादुर देउवाले पार्टी विधान, २०१७ (संशोधन सहित) बमोजिम आजैदेखि लागु हुने गरी स्वीकृत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्। 

'कांग्रेसमा लामो समय आवद्ध रहेर राष्ट्रियता, लोकतन्त्र र पार्टी संगठनमा उहाँले पुर्‍याउनु भएको योगदानको उच्च सम्मान र कदर गर्दै सभापतिले राष्ट्रपति पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप कार्यसम्पादन गर्न पौडेल सफल हुनु हुनेछ भन्नु भएको छ', पौडेलले विज्ञप्ति निकालेर भनेका छन्, 'उहाँको कार्यकाल सदैव स्मरणीय रहनेछ भन्ने विश्वाससाथ सभापतिले राष्ट्रपतिलाई शुभकामना दिनु भएको छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .