राजनीति


उपराष्ट्रपति यादवलाई भारतीय समकक्षीको बधाई

उपराष्ट्रपति यादवलाई भारतीय समकक्षीको बधाई

नेपालखबर
चैत ६, २०७९ सोमबार १४:५६, काठमाडौँ

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई भारतीय उपराष्ट्रपति जगदीप धनाखरले बधाई दिएका छन्।

सोमबार पदभार ग्रहण गरेकै दिन भारतीय उपराष्ट्रपति धनाखरले यादवलाई बधाई दिएका हुन्। 

बधाईका क्रममा उनले नेपाल-भारतसम्बन्धलाई यादवको कार्यकालमा अझै उचाइमा पुर्‍याउन सहयोग मिल्ने पनि बताएका छन्। 

'अद्वितीय र बहुआयामी भारत-नेपाल सम्बन्धलाई अझै मजबुत बनाउन र हाम्रा जनताबीचको मित्रतालाई अझे गहिरो बनाउन मिलेर एकसाथ काम गर्न हामी तयार छौँ', उनले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .