राजनीति


बाबुराम र नारायणकाजीसहित गोरखा पुगेर प्रचण्डले गरे सडक शिलान्यास

बाबुराम र नारायणकाजीसहित गोरखा पुगेर प्रचण्डले गरे सडक शिलान्यास

सडक शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
चैत ७, २०७९ मंगलबार १२:३४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार गोरखा पुगेर सडक शिलान्यास गरेका छन्। 

उनले पालुङटार नगरपालिकास्थ्ति पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडकस्तरोन्नति योजनाको शिलान्यास पूजापाठसहित गरेका हुन्। 

प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ गोरखा पुगेका हुन्। 

प्रचण्डसँगै गोरखाबाट निर्वाचित कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डे पनि साथमा थिए। भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .