आगामी वैशाख १० गतेका लागि तोकिएको उपनिर्वाचनको दल दर्ता आजबाट सुरु हुँदै छ।
उपनिर्वाचनमा सहभागी हुन इच्छुक राजनीतिक दललाई यसअघि नै निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरिसकेको छ।
आजबाट सुरु हुने दल दर्ता चैत १२ गतेसम्म हुने आयोगले जनाएको छ।
वैशाख १० गते चितवन–२, बारा–२ र तनहुँ–१ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ।
चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भएका थिए। उनको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट बदर भएको थियो।
त्यस्तै, बारा २ उपराष्ट्रपति रामसहायप्रसाद यादवले जितेको क्षेत्र हो। उपराष्ट्रपति निर्वाचित भएपछि यादवले सांसद पदबाट पनि राजीनामा दिएका थिए।
तनहुँ १ बाट कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित भएका थिए। उनले गत फागुन २५ गते राष्ट्रपति निर्वाचित भएसँगै सांसद पदबाट राजीनामा दिएका थिए।
Shares
प्रतिक्रिया