ad ad

राजनीति


पत्रकारिता विकास कोष र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

पत्रकारिता विकास कोष र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

नेपालखबर
चैत ९, २०७९ बिहिबार १३:२५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गरेका छन्। 

बिहीबार ललितपुरमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को राष्ट्रिय सम्मेलन तथा १७औँ साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गरेका हुन्। 

‘पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेसागत तथा भौतिक सुरक्षाको प्रत्याभूति, सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य, दुर्घटना तथा हुलदंगा वा आतंकको बिमा, साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिनेछ’, उनले भने।  

यस्तै प्रधानमन्त्री प्रचण्डले केन्द्र र प्रदेश तहमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। 

उनले भने, ‘सञ्चारकर्मीहरूको सीप तथा दक्षता अभिवृद्धि र अद्यावधिक गर्न एवं उच्चतम व्यावसायिक अभ्यासका लागि प्रेरित गर्न संघ र प्रदेश तहमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने सरकारको प्रतिबद्धता छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .