ad ad

राजनीति


पार्टी सभापतिविरुद्ध सञ्जालमा जथाभाबी लेख्ने छुट तरुण सदस्यलाई छैन : गुरुङ

पार्टी सभापतिविरुद्ध सञ्जालमा जथाभाबी लेख्ने छुट तरुण सदस्यलाई छैन : गुरुङ

नेपालखबर
चैत ११, २०७९ शनिबार १४:३९, काठमाडौँ

नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले तरुण दलमा आवद्ध भएका कुनैपनि सदस्यलाई पार्टी सभापतिविरुद्ध सामाजिक सञ्जालमा लेख्ने छुट नभएको बताएका छन्। 

नेपाल तरुण दल काभ्रे जिल्ला कार्यसमितीद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले आगामी दिनमा कुनैपनि सदस्य अनुशासनमा नबसे पदीय जिम्मेवारीबाट हटाउने समेत चेतावनी दिए। 

भ्रष्टाचारवाला कमयुनिस्ट नेताको जिल्ला भनेर काभ्रेलाई सुनिएको उल्लेख गर्दै उनले यहाँका जनताले कृषिमा उल्लेख्य ध्यान दिनपर्ने बतँए। 


‘आज यहाँ उब्जेका तरकारीहरू काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा पुगेका छन्,’ गुरुङले भने, ‘यहाँ उब्जेको कृषिजन्य सामाग्रीह! बजारमा फैलाउन तरुणहरु अग्रसर हुुनपर्छ।’

साथै, उनले कार्यक्रम सफल गरेकोमा नेपाल तरुण दल काभ्रे जिल्ला अध्यक्ष लगायतलाई धन्यवाद समेत दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .