आइतवार संसद बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुले घेरिए नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल।
सन्दर्भ थियो पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा लिने सम्भावित मन्त्रालय र तिनको संख्या।
दलहरुको बढी भन्दा बढी दाबीले मन्त्रिपरिषद् विस्तार अड्किरहेका बेला नेपाललाई पनि १० सिटेले धेरै मागेको भन्दै पत्रकारले प्रश्न गरे।
तपाईंहरु दुइटा मन्त्रालयमा मात्रै लिएर सरकारमा जाने हो? पत्रकारको यो प्रश्नलाई कटाक्षका रुपमा बुझेका नेपालले जवाफ फर्काए, 'ओहो! कति भन्नु भएको एउटा', नसुने जस्तै गरेर उनले भने, 'अझै कति घटाउन सक्नु हुन्छ घटाउनुस्।'
उनले पत्रकारहरुको प्रश्नप्रति लक्षित गर्दै भने, 'यतिकै मलाई घोचेर कुराहरु निस्किन्छ कि भनेर होला, निस्किँदैन।'
त्यसपछि उनले आफूहरुले मन्त्रिपरिषद् विस्तारमा कुनै अड्को नथापेको पनि जिकिर गरे।
Shares
प्रतिक्रिया